काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार १०० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले ओरालो लागेको छ। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।