काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। 

गत साता शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ। गत साता शुक्रबार भने चाँदी स्थिर रहँदै तोलका १ हजार ३५० रुपैयाँ किनबेच भएको थियो।