काठमाण्डौ । फजुुल खर्च गरेर दसैँ मनाउने प्रवृति बढ्दो छ। मानिसहरु विलासिताका वस्तुमा जतिसुुकै भए पनि खर्च गर्न तयार छन्। 

दसँैतिहारजस्ता चाडपर्वमा त झन बढी खर्च गर्ने गरिन्छ। गत सोमबारबाट विजयादशमी सुुरु भइसकेको छ। किनमेलमा सर्वसाधारणको चहलपहल दिनप्रतिदिन बढिरहेको छ। आर्थिक गतिविधि पनि तीव्र रुपमा बढिरहेको छ। सामान्तया मानिसहरुले दसैँमा तुलनात्मक रुपमा अन्य समयको भन्दा बढी खर्च गर्ने गर्दछन्। 

कतिपय मानिसहरुमा बिलासिताका वस्तुमा अनावश्यक (फजुुल) खर्च गर्ने बानी हुुन्छ। जसले गर्दा न्यून आय भएकालाई अप्ठ्यारो पारेको छ भने त्यस्तो कार्यले महँगीलाई बढावा दिएको छ। तर अनावश्यक खर्च नगरी त्यो खर्चलाई सही ठाउँमा व्यवस्थापन गर्दा भने फाइदाजनक हुन्छ। बिशेषगरी दसैँका बेला मानिसहरुले माछामासुु, लुुगाकपडा, गरगहना, घुुम्नेलगायत कार्यमा बढी खर्च गर्ने गर्दछन्। सबैभन्दा बढी सवारीसाधनमा खर्च गर्ने प्रवृति छ। 

एक वर्षमा हुने कारोबारमध्ये दसैँमा मात्रै करिब ४० प्रतिशतको कारोबार हुने तथ्यांकले देखाउँछ। तर, मानिसहरुले लिमिट मात्रामा खर्च गर्ने हो भने त्यसले बेफाइदाभन्दा फाइदा गर्छ। एकातिर जति महँगो भए पनि वस्तु खरिद गर्दा महँगीलाई प्रोत्साहन गरेको छ भने अर्कोतर्फ न्यून आयआर्जन भएकाहरु पनि देखासिखी गरेर ऋण काढेरै भए पनि सामान वस्तु खरिद गर्न बाध्य बनाएको छ। 

नेपाल राष्ट्र बैैंकका कार्यकारी निर्देशक तथा मुुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपाल देखाउनकै लागि अनावश्यक रकम खर्च गर्न नहुुुने बताउँछन्। ‘धेरै खर्च गरेर तामझामका साथ दसैँ मनाउनुभन्दा पनि एउटा भेटघाट एक–आपसमा सुुख–दुख साटासाट गर्ने, पारिवारिक कुरा गर्ने, नयाँ प्लानिङहरु बनाउनेका रुपमा लिनुपर्छजस्तो मलाई लाग्छ’, उनले भने, ‘देखाउनकै लागि अनावश्यक रकम खर्च गर्न गर्नुुहँुदैनजस्तो लाग्छ र माछामासुु, अनावश्यक मदिरालगायतमा बढ खर्च गर्नु पनि उपयुक्त नहोला।’

त्यसले आगामी दिनमा विपन्नता बढाउने नेपालको भनाइ छ। आम्दानीअनुुसार खर्च गर्ने प्रवृति बनाउनुुपर्ने प्रमुख नेपाल बताउँछन्। ‘आफूसँग छ भन्दैमा पनि जथाभावी खर्च गर्नुहुँदैन। त्यो पैसा कुनै ठाउँमा लगानी गरे त्यसले थप आय सिर्जना हुन्छ। बच्चाबच्चीमा बढी खर्च गर्नुपर्ने रहेछ भन्ने गलत संस्कार बस्छ’, उनले भने, ‘त्यसैले जे छ जस्तो छ, त्यसमै म्यानेज गर्ने र रमाउने खालको बानीको विकास गर्नुपर्छ।’

देखासिखी नगरी आफ्नो क्षमताअनुुसार दसैँ मनाउनुपर्ने नबिल बैंकका डेपुुटी सीईओ मनोज ज्ञवाली बताउँछन्। ‘आफ्नो क्षमताअनुसारको दसैँ मनाऔैँ। के खायौँ ? के लगायौँ ? भन्दा पनि परिवारमा बसेर कति खुुसी बाँडियो ? भन्ने कुराले अर्थ राख्छ’, उनी भन्छन्, ‘त्यसकारण त्यसरी मनाउँदा बेटर हुन्छजस्तो लाग्छ।’