काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६३ लाख खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा ६ करोड ६२ लाख नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी बढेको छ । अघिल्लो वर्ष ११ करोड ७६ लाखमा सीमित यस्तो आम्दानी बढेर १७ करोड २७ लाखको उचाईमा पुुगेको छ । 

बैंकको ब्याज खर्च अचाक्ली बढेको छ । अघिल्लो वर्ष १५ करोडमा सीमति ब्याज खर्च बढेर समीक्षा अवधिमा ५३ करोड माथि पुुगेको छ । 

समीक्षा अवधिमा बैंकले २५ अर्ब १४ करोड निक्षेप संकलन गरी २२ अर्ब १८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १० अर्ब ८२ करोड निक्षेप संकलन गरी ९ अर्ब १२ करोड कर्जा परिचालन गरेको थियो । 

यो बैंकले समेत रिजर्ब कोषमा छलांग मारेको छ । अघिल्लो वर्ष ११ करोड ५२ लाखमा सीमित रिजर्ब कोष बढेर १ अर्ब ९८ करोडको उचाईमा पुुगेको छ । 

बैंकले खराब कर्जालाई घटाएको छ । अघिल्लो वर्ष ४.२९ प्रतिशत रहेको खराब कर्जा घटेर ३.५५ प्रतिशतमा झार्न बैंक व्यवस्थापन सफल भएको हो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५६ पैसा, प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ७० पैसा कायम भएको छ ।