काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आज (भदौ ४ गते) देखि लागू हुने गरी विभिन्न कर्जा र निक्षेपको ब्याजदर निर्धारण गरेको छ।

बैंकले विभिन्न शीर्षकको बचत निक्षेपमा २.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ। जसअनुसार महालक्ष्मी कर्मचारी बचत खाता र महालक्ष्मी सुनौलो बचतमा बैंकले ५ प्रतिशत ब्याज उपलब्ध गराउनेछ। 

यसैगरी कल डिपोजिटमा २.५ प्रतिशत, महालक्ष्मी डलर सेभिङ अकाउन्टमा ३ प्रतिशत र अन्य सबै प्रकारका बचत निक्षेपमा ४ ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ। 

यसैगरी मुद्दति निक्षेपमा बैंकले समयावधि हेरेर व्यक्तिगततर्फ ६ प्रतिशतदेखि ७ प्रतिशतसम्म र संस्थागततर्फ ५.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ। 

बैंकको आधार दर ९.९५ प्रतिशत रहेको छ। यही आधार दरमा ५.५ देखि ६ प्रतिशत प्रिमियम दर जोडर बैंकले विभिन्न शीर्षकमा कर्जा प्रवाह गरिने जनाएको छ। 

जसमा अटो, हायर पर्चेज, एजुकेसन, होम, गोल्ड एन्ड सिल्भर र लोन अगेन्स्ट सेयरमा बैंकले ६ प्रतिशतसम्म प्रिमियम लिइने जनाएको छ।

यसैगरी संस्थागत कृषि, व्यक्तिगत अनि व्यक्तिगत पिछडिएको क्षेत्रतर्फको कर्जामा पनि बैंकले प्रिमियम दर ६ प्रतिशत नै लगाउने भएको छ। 

बिजनेस ओडी, इन्डस्ट्रियल ओडी, वर्किङ क्यापिटल र सर्टटम लोन अनि बिजनेस तथा इन्डस्ट्रियल टर्म लोनमा भने ५.५ प्रतिशतसम्म प्रिमियम दरमा बैंकले कर्जा प्रवाह गर्नेछ।