काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एसआरएल डायगनोस्टिक (नेपाल) प्रालिसँग हिजो आइतबार एक सम्झौता गरेको छ। 

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगन्ज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका छन्। उक्त सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक तथा कर्मचारीले एसआरएल डायगनोस्टिकमा उपचार गराउँदा प्रयोगशाला परीक्षणमा छुट प्राप्त गर्न सक्नेछन्। सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकका साथै कर्मचारीले प्रयोगशालाका सम्पूर्ण परीक्षणमा १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

देशभरि १०३ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ।