काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘भिजा कन्ट्याकलेस कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ। 

यो भिजा कन्ट्याकलेस कार्ड नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित प्रविधि हो। जसमा प्रत्यक्ष स्पर्श नगरीकन सरल तथा छरितो तरिकाले पीओएस टर्मिनलबाट रकम भुक्तानी गर्न सकिन्छ।

महालक्ष्मी यस्तो कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरुमध्ये प्रथम बैंक हो। यो कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंकले नयाँ प्रविधिको सुरुआत गरी आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ। देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा १०३ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मीका ग्राहक संख्या करिब पाँच लाख रहेका छन्।