काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष मनोरञ्जन रमण शर्माले आज पद तथा गोपनियताको शपथग्रहरण गरेका छन्। 

नवनियुक्त अध्यक्ष शर्माले बीमा समितिका अधयक्ष सूर्यप्रसाद सिलवालबाट बीमा समितिमा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्। 

कम्पनीको हिजो सोमबार सम्पन्न तेस्रो वार्षिक साधारणसभाले शर्मासहित सुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई सञ्चालन पदमा निर्वाचित गरेको थियो। साधारणसभापछि बसेको सञ्चालक समितिको पहिलो बैठकले शर्मालाई ४ वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो।