काठमाण्डौ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन्। 

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले देवकोटालाई सीईओमा नियुक्त गरेको हो। देवकोटाले केही दिनअघिमात्रै सिटिजन्स बैंकको डेपुटी सीईओबाट राजीनामा दिएका थिए। सिटिजन्स बैंकमा देवकोटले २०६३ साल चैत १ गतेबाट सेवा सुरु गरेका थिए।

काठमाण्डौ विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल गरेका देवकोटा करिब दुई दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय छन्। जसमा डेढ दशक त उनले सिटिजन्स बैंकमै बिताएका छन्।