काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महालक्ष्मी विकास बैंक लिमिटेडले मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ बाट डा नवराज लम्साललाई सम्मानित गरेको छ। 

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले हिजो शनिबार एक कार्यक्रमबीच रु. ५१ हजार राशिको उक्त पुरस्कार रकमबराबरको चेकका साथै सम्मानपत्र डा लम्साललाई हस्तान्तरण गरेका हुन्। साहित्यकार  डा लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पुर्याएको योगदानको कदरस्वरुप बैंकले उनलाई उक्त पुरस्कारबाट  सम्मान गरेको हो।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ।