काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत सोमबार भिम अस्पताल र सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ।

कार्यक्रममा बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले भीम अस्पतालको आकस्मिक कक्षकी इन्र्चाज सविता शर्मालाई सर्जिकल मास्क, सेनिटाइजर तथा पिउने पानीलगायतका सामग्री हस्तान्तरण गरेका थिए। कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले बैंकले ती सामग्री उपलब्ध गराएको हो।

देशभर १०३ वटा शाखामार्फत बंैकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ।