काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रालिसँग सम्झौता गरेको छ। 

आज भएको सम्झौताअनुसार एमएडब्ल्यूबाट ग्राहकले Foton ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकलाई अधिकतम ८ वर्षका लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ।

देशका १०३ वटा शाखाबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको सबै शाखाबाट यो सुविधा उपलब्ध हुनेछ।