काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ प्रालिसँग शुक्रबार सम्झौता गरेको छ। 

उक्त सम्झौताअनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकले टाटा ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकलाई अधिकतम ५ वर्षका लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकले जनाएको छ। 

देशका १०३ वटा शाखाबाट ग्राहकलाई बंैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ।