काठमाण्डौ । महालक्ष्मी विकास बैंकको २० औँ वार्षिक साधारणसभा फेरि स्थगित भएको छ।
बैंक सञ्चालक समितिले आज माघ ३ गते डाकेको वार्षिक साधारणसभा फेरि स्थगित गरेको हो। उच्च अदालत पाटनको आदेशमा बैंकको वार्षिक साधारणसभा स्थगित भएको हो। अब अदालतको अर्को आदेश नआउन्जेलसम्मका लागि वार्षिक साधारणसभा स्थगित गरिएको बैंकले जनाएको छ।
यसअघि बैंकले गत पुस २५ गते वार्षिक साधारणसभा डाकेको थियो। तर गणपूरक संख्या पुग्न नसकी सभा स्थगित भएको थियो।
सोही स्थगित सभा पुनः माघ ३ डाकिएको थियो। तर बैंकका सेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले गत पुस २९ गते महालक्ष्मी विकास बैंकसमेतका विरुद्ध उच्च अदालत पाटनमा दिएको उत्प्रेषणको रिट निवेदन दिएका थिए। सोही रिट निवेदनको अन्तरिम आदेशसम्बन्धी छलफलको टुंगो नलागेसम्मका लागि बैंकको स्थगित भई पुनः डाकिएको वार्षिक साधारणसभा नगर्नु नगराउन भनी अदालतले आदेश जारी गरेको छ।
सोही आदेशबमोजिम बैंकले वार्षिक साधराणसभा पुनः स्थगित गरेको हो।
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago