काठमाण्डौ। सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महालक्ष्मी विकास बैंक लिमिटेडको पोखरा चिप्लेढुंगा शाखाले पोखरा महानगरपालिका वडा नं. १९ हेम्जामा रहेको श्री अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री प्रदान गरेको छ। 

उक्त कार्यक्रममा पोखरा रिजनका ब्रान्च कोअर्डिनेटर एवं न्युरोड शाखाका शाखा प्रबन्धक गणेशप्रसाद आचार्य र चिप्लेढुंगा शाखाका शाखा प्रबन्धक  किरण घिमिरेले संयुक्त रुपमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई गरेका हुन्। उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक ओम प्रसाद पौडेलले सञ्चालन गरेका थिए। 

महालक्ष्मी विकास बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु नेपालभर छरिएर रहेका १०३ शाखामाार्फत गर्दै आइरहेको छ। आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने बैंकले जनाएको छ। 

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ। 

बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।