काठमाण्डौ । महालक्ष्मी विकास बैंकको स्थगित २० औँ वार्षिक साधारणसभा फेरि डोकेको छ।
बैंक सञ्चालक समितिले स्थगित वार्षिक साधारणसभा यही फागुन १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।
यसअघि बैंकको वार्षिक साधारणसभा पुस २५ गते डाकिएको थियो। तर गणपुरक संख्या नपुगी स्थगित भएको थियो।
बैंकले फेरि माघ ३ गते वार्षिक साधारणसभाको मिति तय गरेको थियो। तर सोही दिनको अन्तरिम आदेश छलफलको टुंगो नलागेसम्म नगर्नु नगराउनु भनी उच्च अदालत पाटनबाट आवेदन भई सभा स्थगि भएको थियो।
गत माघ ३ मा अन्तरिम आदेश छलफल हुंदा निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी हुने अवस्थाको विद्यमानता नहुंदा अदालतबाट पुस २३ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भनी उच्च अदालतवाट आदेश भएको हुंदा साधारणसभा गर्न सकिने अवस्था सिर्जना भएको बैंकले जनाएको छ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्तावहरु सभामा पेस गरिनेछ ।
6 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
13 hours ago
13 hours ago
13 hours ago