काठमाण्डौ । महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छने।
नेपाल राष्ट्र बैंकमा आज आयोजित एक समारोहबीच अध्यक्ष उपाध्यायलाई डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पद तथा गोपनियताको सपथ गराएकी हुन्।
आजै बसेको सञ्चालक समितिको बैठकबाट सञ्चालक पदमा सञ्जय गिरी, दिपककुमार रौनियार, श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र रmपेन्द्र पौडेललाई अध्यक्ष उपाध्यायले पद तथा गोपनीयताको सपथ गराएका छन्।
गत फागुन १३ गते सम्पन्न भएको बैंकको २० औँ वार्षिक साधारणसभाबाट संस्थापक समूहबाट राजेश उपाध्याय, सञ्जय गिरी र दीपककुमार रौनियार तथा सर्वसाधारण समूहबाट श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल सञ्चालक पदमा निर्वाचित भएका थिए। सोही दिन बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो।
8 minutes ago
48 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago