काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वका माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

सोही कार्यलाई निरन्तरता दिँदै महालक्ष्मी विकास बैंकको पकडी शाखाले एक विशेष कार्यक्रमका बीच इलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यावस्थापनका लागि स्वचालित विद्युतीय आरओ प्लान्ट हस्तान्तरण गरेको हो। स्वस्थ जीवनयापनका लागि शुद्घ खानेपानी अतिआवश्यक रहेको उल्लेख गर्दै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले इलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारीसमेत लाभान्वित हुने उद्देश्यले आरओ प्लान्ट हस्तान्तरण गरिएको बताए। 

हस्तान्तरण कार्यक्रममा समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी,  पत्रकार तथा स्थानीयकोे उपस्थिति थियो। 

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ।

विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपचिश्म प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्रहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ। बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।