काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे सुर्खेत शाखाले एक विशेष कार्यक्रमबीच बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थिलाई झोला वितरण गरेको हो। उक्त झोला वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी र विद्यालय व्यावस्थ।पन समितिका पदाधिकारी उपस्थित थियो। 

कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई झोला वितरण गरी पढाइमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यावस्थापनले बैंकलाई  धन्यवाद ज्ञापन गरेको छ। 

कार्यक्रममा सुर्खेत शाखाका शाखा प्रबन्धक सुरज बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई झोला वितरण गरिनुले दैनिक पठनपाठनमा सहजता हुने विश्वास व्यक्त गरे। उनले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु बैंकले अझै प्रभावकारी रुपमा सञ्चालन गरिने बताए। 

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपमा वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ। बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड ट्राभल कार्ड, ईकमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ईकमर्स कार्ड र डलर काड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।