काठमाण्डौ। विगत २७ वर्षदेखि अनवरत रुपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको पोखरास्थित चिप्लेढुंगा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका वडा नं. १९ हेम्जामा रहेको श्री अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ। यस सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगसालाका सामग्री प्रदान गरिएको चिप्लेढुंगा शाखाका शाखा प्रबन्धक किरण घिमिरेले जानकारी गराए। 

एक कार्यक्रमका बीच उक्त विज्ञान प्रयोग शालाका सामग्री विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरिएको छ। 

महालक्ष्मी विकास बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु नेपालभर छरिएर रहेका १०३ शाखामार्फत गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने कुरा जनाएको छ।

यसका साथै बैंकले आफ्ना ग्राहकलाई अधिकतम लाभ दिने उद्देश्यले महालक्ष्मी बचत वृद्धि खाता सञ्चालनमा ल्याएको छ। वार्षिक ब्याजदर ८.५५ प्रतिशत रहेको यस खाता न्यूनतम मौज्दात रु. ५१ मा नै खोल्न सकिनेछ। यसमा रु. ५ लाखसम्मको दुर्घटना बीमा, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क एटीएम कार्ड र निःशुल्क डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ। बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड ट्राभल कार्ड, ईकमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ईकमर्स कार्ड र डलर काड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।