काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत लक्ष्मी आदर्श युवा क्लब पोखरा २७ र ३० ज्यामिरकुना शिशुवालाई डस्टबिन सहयोग गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै बैंकको शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लबलाई १० थान डस्टबिन हस्तान्तरण गरेको हो। शिशुवावरपर रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डस्टबि हस्तान्तरण गरिएको बैंकका शिशुवा शाखा प्रबन्धक विमल बास्तोलाले जानकारी दिए।
एक कार्यक्रमबीच शाखा प्रबन्धक बास्तोलाले युवा क्लबका अध्यक्ष निर्भान देवानलाई डस्टविन हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा युवा क्लबका अध्यक्ष देवानले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए।
स्थानीय नगर वरपर फोहरमैला व्यवस्थापनमा सहजता होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन मद्दत पुगोस् भन्ने हेतुले डस्टविन वितरण गरिएको कुरा बैंकले जनाएको छ।
महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर फैलिएर रहेका १०३ शाखाबाट कोर बैंकिङका सेवामात्र नभई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरुलाई प्रभावकारी ढंगले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ।
14 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago