काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा लोभलाग्दो प्रगति गरेको छ।
आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ७१ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ७६.९८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४५ करोड ८३ लाख रुपैयाँ रहेको छ।
तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब रुपैयाँ बढी सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिसम्मको तुलनामा ८०.२५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ५६ करोड २ लाख रुपैयाँमा सीमित थियो।
यो अवधिसम्म बैंकले १ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब १६ करोड रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी पनि १५.६४ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म बैंकले ४१ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ३८ अर्ब ६० रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको रिजर्भको आकार १०.२२ प्रतिशतले बढेर १ अर्ब ७५ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा १ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकले निष्क्रिय कर्जा अनुपात (एनपीएल) व्यापार सुधार गर्दै २.८९ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ४.४४ प्रतिशत थियो। सीडी रेसियो पनि ८९.९८ प्रतिशत रहेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २३.७४ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस १६.१० रुपैयाँमा सीमित थियो।
बैंकको पीई रेसियो १७.२७ गुणा, प्रतिसेयर नेटवर्थ १५६.०४ रुपैयाँ र तरलता अनुपात २४.५ प्रतिशत रहेको छ।
57 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago