काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुईदिने तालिम काठमाण्डौमा सम्पन्न गरेको छ। 

वैशाख ६ र ७ गते सम्पन्न तालिममा देशैभरिका कम्पनीका १५ जना क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरुको सहभागिता थियो। वैशाख ६ गते सञ्चालित कार्यक्रममा कम्पनीको वर्तमान व्यावसायिक स्थिति, पुँजीवृद्धि पछिको व्यावसायिक रणनीति र २०७८÷७९ को व्यावसायिक लक्ष्य विषयमा छलफल भएको थियो। कार्यक्रममा १५ वटै प्रमुख र उपप्रमुखहरुले आ–आफ्नो क्षेत्रको व्यावसायिक अवस्था र २०७९ आसारसम्मको लक्ष्य विषयमा विस्तृत प्रतिवेदन पेस गरेका थिए। 

कार्यक्रममा सहभागिहरुको क्षमता अभिवृद्धिका लागि प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृतद्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा चिफ मार्केटिङ अधिकृत प्रशान्तराज धमलाले छुट्टा छुट्टै विषयमा प्रशिक्षण प्रदान गरेका थिए। 

वैशाख ७ गतेको कार्यक्रममा सहभागीलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरिएको थियो। नेपालमा कुन–कुन आपराधिक क्रियाकलापबाट गैरकानुनी रुपमा रकम आर्जन गरिन्छ ? त्यसलाई वित्तीय क्षेत्रको विभिन्न निकायमार्फत कसरी शुद्धीकरण गरिन्छ ? यसको रोकथामका उपाय र रिपोर्टिङ गर्ने तरिकाबारेमा विस्तृत तालिम प्रदान गरिएको थियो। 

कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवरणको महत्वबारेमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रकाश पारेका थिए। कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए।