काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र भैरहवामा अवस्थित आँगन रेस्टुरेन्ट एन्ड थकाली घरबीच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) र महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले आँगन रेष्टुरेन्टका विभिन्न सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।