काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले विशेष साधारणसभा यही वैशाख २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित होटेल हुकुम दरबारमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले पुँजी वृद्धि भएबमोजिम सर्वसाधारणलाई छुट्याइएको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। अन्य कुनै जीवन बीमा कम्पनी आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा यसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
कम्पनीको पुँजी वृद्धि गरी अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र चुक्तापुँजी ३ अर्ब रुपैयाँ पुर्याउने र सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।
3 hours ago
3 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago