काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा तथा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम कात्तिक १८ गते चितवनको सौराहास्थित होटल ल्यान्डमार्कमा सम्पन्न गरेको छ।

कार्यक्रममा कम्पनीका विभिन्न ३४ शाखा तथा  उपशाखामा कार्यरत ३४ जना प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल तथा सीएफटी) सम्बन्धमा विस्तृत प्रशिक्षण गराइएको थियो। 

गैरकानुनी कमाइ र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रक्रियाहरु के–के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइयो। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले कार्यक्रमको महत्व तथा प्रभावकारिताका बारेमा प्रकाश पारेका थिए। 

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सम्पत्ति शुद्धीकरणको प्रक्रिया र औचित्यबारेमा जानकारी गराएका थिए। 

यसका साथै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक श्रीमती सपना खरेलले उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण दिएका थिए। कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाको समेत उपस्थिति थियो।