काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाण्डौको चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ।
सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकले ओम समाज डेन्टल हस्पिटलको ओपीडी डाक्टर कन्सल्टेसन एन्ड चेकअप सेवा निःशुल्क र जनरल डेन्टल ट्रिटमेन्ट सेवामा १५% तथा अर्टो थेरापी एन्ड डेन्टल इम्प्लान्ट ट्रिटमेन्ट सेवामा १०% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौतापत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा.सुभाष घिमिरे र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन्।
यस किसिमको सहकार्यबाट दन्त उपचारमा ग्राहकको पहुँच बढ्नुका साथै डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago