काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाण्डौको नक्सालस्थित हिम इलेक्ट्रोनिक्स प्रालि (सामसुङ प्लाजा)सँग सम्झौता गरेको छ।
सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका ग्राहकले सामसुङ डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्घ (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरुमार्फत विभिन्न विद्युतीय सामग्रीको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकले सामसुङ प्लाजाबाट कन्ज्युमर इलेक्ट्रोनिक्सहरुको खरिदमा १५% र मोबाइल फोनको खरिदमा ५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले हस्ताक्षर गरेका छन्। यस किसिमको सहकार्यबाट विद्युतीय सामाग्रीहरुको प्रयोगमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago