काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७० का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।
काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा आज बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा वाषिृक साधारणसभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको वासलात, उक्त आर्थिक वर्षको नाफा–नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापुँजीको ४ प्रतिशतका दरले बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।
सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार÷लगानीकर्ताका रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ।
सभाले चालु आर्थिक वर्ष २०७९–८० मा बैंकको लेखापरीक्षण गर्न जेबी राजभण्डारी एन्ड डिविन्स चाटर्ड अकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ।
यसका साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।
सभाका अध्यक्ष उपाध्यायले सेयरधनीबाट प्राप्त सल्लाह–सुझावलाई शिरोधार्य गर्दै बैंकले ग्राहकको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रण गरे। उनले आगामी दिनमा थप प्रगति हासिल गर्न जस्तोसुकै प्रतिकूल परिस्थितिको पनि सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्घता व्यक्त गरे।
सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याएको सहयोगका लागि धन्यवाद दिँदै उनले यस्तै सहयोग तथा सदासयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे।
‘सबल बंैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै बैंकले नेपाली जनताको घरदैलोमा २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्र्दै आएको छ।
39 minutes ago
46 minutes ago
51 minutes ago
58 minutes ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago