काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न भएका छन्।
बैंकको हेटौँडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ २० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ। सहाराविहीन, अशक्त, असाहाय, शारीरिक तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी सहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो।
यसैगरी बैंकको सुकेधारा शाखाले मैजुहिटी–७ स्थित टोखा ज्येष्ठ नागरिक समाजलाई टेबल हस्तान्तरण गरेको छ। नगरपलिकाका वडा नं १ देखि ११ सम्मका ज्येष्ठ नागरिकलाई पर्नसक्ने कठिन कार्यमा सहयोग पुर्याउनका लागि स्थापित यस समाजमा कार्यालय प्रयोजनार्थ बैंकले टेबल प्रदान गरेको हो।
तीत कार्यक्रम सँगसँगै बैंकको चन्द्रौटा शाखाले शिवराज नगरपालिका वडा नं ५ स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा नर्सरीदेखि कक्षा ३ सम्म अध्ययनरत १८६ जना विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरेको छ। विद्यालयस्थित क्षेत्रमा अत्याधिक चिसो बढेकोले विद्यार्थीको स्वास्थ्य र अध्ययनमा पर्नसक्ने प्रभावलाई ध्यानमा राखेर बैंकले स्वेटर प्रदान गरेको हो।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै बैंकले नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago