काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन्।
बैंकको पिपल्ला शाखाद्वारा दिपायल सिलगढी नगरपालिका वडा नं ३ स्थित दिल्पेश्वर माध्यामिक विद्यालयलाई दुई थान स्टिल पानी ट्यांकी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ। विद्यार्थीहरुलाई शुद्घ पिउने पानीको व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको हो।
त्यसैगरी बैंकको मैतीदेवी शाखाद्वारा काठमाण्डौ महानगरपालिका वडा नं ३० स्थित मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ। बैंकले मन्दिरवरपरको बाटो अस्तव्यस्त हुने गरी सवारीसाधन पार्किङ गर्ने समस्याको व्यवस्थापनका लागि सडक डिभाईडर प्रदान गरेको हो।
यसैगरी बैंकको पुतलिसडक शाखाद्वारा काठमाण्डौ महानगरपालिका वडा नं २८ स्थित झिगु इच्छुमती पार्कका लागि ६ थान कुर्सी हस्तान्तरण गरिएको छ। इच्छुमती खोला किनारस्थित उक्त पार्कमा दैनिक आवतजावत गर्ने बटुवाहरुलाई विश्राम गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले झिगु इच्छुमती खललाई उक्त सहयोग प्रदान गरेको हो।
आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैैंकले जनाएको छ।
8 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago