काठमाण्डौ । महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले महालक्ष्मी विकास बैंकलाई ‘महालक्ष्मी डिबेन्चेर २०८९’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो।
सेबोनको अनुमतिसँगै अब महालक्ष्मी विकास बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री खुला गर्नेछ। जसमा बैंकले ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।
यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।
महालक्ष्मी विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
17 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago