काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा प्रभु लाइफ इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत भएको छ।
काठमाण्डौको धुम्बाराहीस्थित होटल अकामामा आज भएको वार्षिक साधारणसभाले प्रभु लाइफसँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ। सभामा प्रभु लाइफ र महालक्ष्मी लाइफ आपसमा गाभ्ने–गाभिने, गाभेपछि कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ कायम हुने, दुवै कम्पनीको सेयर अनुपात १ः१ कायम गरी गाभ्ने–गाभिने, दुवै कम्पनी एकआपसमा गाभ्दा–गाभिँदा भएको अन्तिम सम्झौतापत्रलगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायित्वको मूल्यांकन गर्न नियुक्त लेखापरीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्नेलगायतका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।
कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जरबारेमा जानकारी गराएका थिए।
अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेस गर्दै कम्पनीको वर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए।
सभाले अध्यक्ष शर्माद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आ.व. २०७७–७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ।
कार्यक्रमको अन्त्यमा सञ्चालक उमेशलाल श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। कम्पनी सचिव कमल पन्थीद्वारा सञ्चालित सभामा बीमा प्राधिकरणको निर्देशनअनुसार असार मसान्तभित्र दुवै कम्पनी मर्ज भई एकीकृत कारोबार सम्पन्न हुने जानकारी गराइएको थियो।
11 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago