काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

बैंकको असोज १६ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई ८ प्रतिशत बोनस सेयर र ९.८९ प्रतिशत(कर प्रयोजनका लागि समेत गरी) नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र घोषित लाभांश कार्यान्वयनमा आउनेछ । 

प्रस्तावित बोनस सेयर वितरणपछि यो बैंकको चुक्तापूँजी बढेर ३ अर्ब ६ करोडको उचाईमा पुग्नेछ ।

गत वर्ष यो बैंकले १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।