काठमाण्डौ । महालक्ष्मी विकास बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृतको पदमा सागर शर्मा नियुक्त भएका छन् । 

बैंकको साउन २ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सागर शर्मालाई कामु सीइओ नियुक्त गरेको हो ।

कामु सीइओ शर्मालाई बैंक परिवारको तर्फबाट केन्द्रीय कार्यालय दरबारमार्गमा एक कार्यक्रमबीच स्वागत गरिएको थियो । सो कार्यक्रममा नवनियुक्त निमित्त सीइओ शर्माले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाएकाथिए । त्यसैगरी उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफूसँगै सबै कर्मचारीलाई प्रयत्नशील रहन समेत आग्रह गरेका बैंकले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।