काठमाण्डौ । महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ ।

यो अवार्ड भारतमा बिक्री हुने कारहरूमध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गरिन्छ ।

महिन्द्रा एक्सयूभी ३०० ले यही जनवरी महिनामा मात्र बयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन सफल भएको थियो, जुन यो अभियानअन्तर्गतको उच्चतम स्कोर हो । 

अब महिन्द्रा एक्सयूभी ३०० ले ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । यो ग्लोबल एनसीएपीद्वारा गरिएको हालसम्म सञ्चालित भारतका सुरक्षित कार अभियान अर्थात सेफर कार्स फर इण्डियाअन्तर्गत परीक्षण गरिएका कुनै पनि कारहरूमध्ये सवारी साधनमा रहनेहरू सबैका लागि एकीकृत रुपमा पाएको सर्वाधिक सुरक्षा रेटिङ हो । 

ग्लोबल एनसीएपीले सन् २०१८ मा सम्पन्न भएको दिल्ली अटो एक्स्पोका क्रममा ‘सेफर च्वाइस’ अवार्डको स्पर्धा सुरु गरेको थियो । यो प्रतिष्ठित पुरस्कारका लागि योग्य हुनका लागि कार मोडलले निम्न आवश्यकताहरू सबै पूरा गरेको हुनुपर्छः 

१. ग्लोबल एनसीएपीको बजार परीक्षण प्रोटोकलको नवीनतम संस्करणअनुसार मोडलले सवारीसाधनमा रहने वयस्कका सुरक्षामाफाइभ स्टार स्कोर प्राप्त गरेको हुनुपर्छ । 

२. ग्लोबल एनसीएपीको बजार परीक्षण प्रोटोकलको नवीनतम संस्करणअनुसार मोडलले सवारी साधनमा रहने बालबालिकाका सुरक्षामाकम्तिमाफोर स्टार स्कोर प्राप्त गरेको हुनुपर्छ । 

३.मोडलमा विद्युतीय स्थिरता नियन्त्रण (इएससी) हुनुपर्छ र संयुक्त राष्ट्र संघको नियमयूएन १३ एच, यूएन १४० वा जीटीआर ९ अनुसारका प्रदर्शन आवश्यकताहरू पूरा गरेकै हुनुपर्छ । वैकल्पिकभएको खण्डमा, इएससी सबै मोडल भेरिएन्टहरूमा उपलब्ध हुनुपर्छ, यसलाई अन्य सुविधाहरूका साथकुनै ‘बन्डलिङ’ नगरी छुट्टै बेच्नु पर्छ र दुई वर्षदेखि मुलुकभित्रबिक्रीअनुपातकोकम्तिमा २० प्रतिशतमानक पूरा गरेको हुनुपर्छ ।

४. मोडलले संयुक्त राष्ट्र संघीय नियमयूएन १२१ वा जीटीआर ९ अनुसारको पैदल यात्रु सुरक्षाआवश्यकताहरू पूरा गरेको हुनुपर्छ, जसलाई ग्लोबल एनसीएपीद्वारा चयन गरिएको प्रयोगशालामाबजार इकाईमा मान्यताप्रदान गरिएको हुनुपर्छ ।

५.यी सबै आवश्कताहरूलाई ग्लोबल एनसीएपीद्वारा चयन गरिएको प्रयोगशालाद्वारा तथायदिआवश्यकताअनुरुप टाइप अप्रुभल सर्टिफिकेटको प्राबधानसहितमान्यताप्रदान गरिएको हुनुपर्छ ।

यो एक्सयूभी ३००, चित्ताकर्षक (हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षाविशेषता, हाइ–टेक विशेषतावर्गमा पहिलो तथा उत्कृष्ट आन्तरिक सजावट÷बनावटले यसलाई रोमाञ्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित भएको छ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ ।

एक्ययूभी३००को मूल्य पेट्रोल डब्लूफोर मोडलका लागि रु. ३९,७५,००० र डिजेल डब्लूफोर मोडलका लागि रु. ४१,२५,००० तोकिएको छ भने यो नेपालभरका सबै अग्नि इन्कर्पोरेटेडका डिलरहरूमा उपलब्ध छ ।