काठमाण्डौ । महिन्द्रा एन्ड महिन्द्राले थुप्रै नयाँ कार ल्याउने तयारीमा लागेको छ। कोरोनाभाइरस प्रकोपका कारण कारहरु लन्चिङमा ढिलाइ भइरहेको कम्पनीले जनाएको छ।

यसबीच कम्पनीले शानदार दुई एसयूभी भारतीय बजारमा लन्च गर्ने भएको छ। ती कारका विशेषहरु जानौँ। 

नयाँ थार

नयाँ महिन्द्रा थार लामो समयदेखिको प्रतिक्षा छिटै सकिँदैछ। न्यु जेनरेसन थार अक्टोबर महिनामा लन्च हुनेछ। 

पुरानो मोडलअनुसार नयाँ थारको लुक र क्याबिनमा ठूलै बदलाव पाइनेछ। यो अफ रोड एसयूभीमा सबैभन्दा ठूलो परिवर्तन यसको इन्जिनमा देख्न पाइनेछ। 

न्यु जेनरेसन थारमा नयाँ २.० लिटर एम स्टालिअन टर्बोचाज्र्ड पेट्रोल इन्जिन र अपग्रेडेड २.२ लिटर एम हक डिजेल इन्जिन हुनेछ। पेट्रोल इन्जिनले १९० बीएसपी पावर र ३८० एनएम टार्क जेनरेट गर्नेछ भने डिजल इन्जिनले १४० बीएसपीको पावर र ३५० एनएम टार्क जेनरेट गर्न सक्छ। दुवै थरिको इन्जिनका साथ नयाँ थारमा अटोमेटिक गियर बक्सको अप्सन पनि दिइएको छ।

नयाँ थारमा रिमुभेवल रुफ प्यानल्स, अप्सनल फ्याक्ट्री फिटेड हार्ड टप, एलईडी डीआरएल, टचस्क्रिन इफोटेनमेन्ट सिस्टम, मल्टी इन्फर्मेसन डिस्प्ले, क्लाइमेट कन्ट्रोल, क्रुस कन्ट्रोल, रियर डिस्क बेक र फोरवर्ड फेसिङ रियर सिट्सलगायतका फिचर्स पाइनेछ। 

एक्सयूभी ३०० स्पोर्टज

मन्द्रिाको यो वर्ष लन्च हुन लागेको दोस्रो एसयूभी एक्सयूभी ३०० स्पोर्टस हो। यो गत फेब्रुअरीमा भएको अटो एक्पोमा प्रदर्शित गरिएको थियो। पहिले यो एसयूभी अप्रिलमा लन्च गर्ने भनिएको थियो तर अब यसलाई यो वर्षको अन्त्यतिर लन्च गरिने अनुमान गरिएको छ। 

यो शानदार एसयूभी स्ट्यान्डर्ड एक्सयूभी ३०० को स्पोर्टी र निकै पावरफुल भर्जन हो। यसमा १.२ लिटर एम स्टालियन टर्बो पेट्रोल इन्जिनमा आउने छ। जसले १३० बीएचपीको पावर जनरेट गर्नेछ। स्ट्यान्डर्ड पेट्रोल मोडलको तुलनामा यसको पावर २० बीएचपी बढी हो।

स्ट्यान्डर्ड एक्सयूभी ३०० को तुलनामा यो एसयूभीको लुकमा हल्का परिवर्तन गरिएको छ। अगाडिको ढोकामा स्पोर्टज लेखिएका ब्याजिङका साथै एसयूभीमा नयाँ बडी ग्राफिक्स र ब्रेक क्यालिपर्समा रेड फिनिस दिइएको छ। सिट्समा कन्ट्रास्ट रेड स्टिचिङ, ड्यासबोर्डमा रेड हाइलाइट्स र ब्लायक इन्टिरियर थिमले यो एसयूभीलाई स्ट्यान्डर्ड एक्सयूभी ३०० मोडलभन्दा निकै फरक देखाएको छ। – एजेन्सी