काठमाण्डौ । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रा. लि. ले आगामी पुस २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ।

सो अवधिभरि महिन्द्राका नेपाल अधिराज्यभरि रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमा महिन्द्राका दक्ष प्राविधिकहरुले गाडीको फ्रि६०पोइन्ट भेहिकल चेकअपका साथै अन्य विशेष छुट तथा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रत्येक वर्ष ग्राहकहरुलाई थप सेवा प्रदान गर्न देशव्यापी रुपमा महिन्द्राले संचालन गर्दै आएको महिन्द्रा केयर फेस्ट क्याम्प यस वर्ष कोभिड–१९ का सतर्कता अपनाएर समापन गर्ने योजना छ। साथै, यस केयर फेस्टमां ग्राहकहरुको उल्लासपूर्ण सहभागिता रहने कम्पनीको अपेक्षा छ ।