काठमाण्डौ । महिन्द्रा फोरह्विलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले यही साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्दैछ। 

महिन्द्राका सम्पूर्ण फोरह्विलर गाडीहरुको ३०–पोइन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुको सेवासुविधालाई मध्यनजर गरिएको यस सर्भिस क्याम्पमा गाडीको ३०–पोईन्ट चेकअपमार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिने कम्पनीले दाबी गरेको छ। 

महिन्द्रा मनसुन सर्भिस क्याम्प देशभरका सम्पूर्ण आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन हुनेछ। यस क्याम्पमा सहभागी भई भरपुर फाइदा लिनका लागि ग्राहकहरुले चाँडै नै महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा बुकिङ गर्नुपर्नेछ। 

यसका साथै ग्राहकहरुले बुकिङका लागि टोल फ्री नम्बरहरु– १६६००१००२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा पनि सम्पर्क गर्न सक्नेछन्।