काठमाण्डौ । महिन्द्रा टु–व्हीलर्स् लिमीटेडको आधिकारिक बितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा.लि.ले “महिन्द्रा टू व्हीलर” एक्स्चेन्ज क्याम्प ल्याएको छ । 

जेष्ठ १६ देखि १८ गतेसम्म टेकु शोरुममा हुने उक्त क्याम्पमा ग्राहकहरुलाई “चिन्ताहरुको एक्सचेञ्ज, निश्चिन्ततासँग” नामको विशेष अफर ल्याइएको छ । 

एक्सचेञ्ज क्याम्पमा ग्राहकहरुका लागि कुनै पनि पुरानो बाइक वा स्कुटर ल्याई सबैभन्दा उत्कृष्ट मूल्याङ्कनका साथ नयाँ महिन्द्रा टू व्हीलर एक्सचेञ्ज गर्ने अवसर रहेको छ । 

साथै, एक्सचेञ्ज गरी ग्राहकहरुले “४००% बोनस क्यासब्याक” नामक अफरको पनि लाभ उठाउन सक्नेछन्, जस अन्तर्गत महिन्द्रा टू व्हीलर खरिदकर्ताहरुका लागि ४००% सम्म क्यासब्याक बोनस पाउने अवसर पनि रहेको छ । 

हरेक खरिदमा पाइने स्त्र्mयाच् कार्डमा पहिलो स्त्र्mयाच्मा ग्राहकहरुले रु. १ लाखसम्म पक्का जित्ने र दोश्रो स्त्र्mयाच्मा उक्त रकमको ४००% सम्म बोनस क्यास जित्ने अवसर रहेको छ । यस एक्सचेञ्ज क्याम्पले ग्राहकहरुका लागि महिन्द्रा टू व्हीलर खरिद गर्न थप उत्साह प्रदान गर्ने कम्पनीको विश्वास छ ।