काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमीटेडका लगानीकर्ताले १७.५ प्रतिशत लाभांश पाउने भएका छन् । 

मकवानपुरको चित्लाङमा केन्द्रीय कार्यालय रहेको यो लघुवित्तले भदौ १३ गते(आज) सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले २०७५/७६ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिमको चुक्ता पुँजी १२,१०,००,००० को ७.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सहित १७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साथै संस्थाको हालको अधिकृत पुँजी २० करोडमा बृद्धि गरी ४० करोड पुर्याउने बिशेष प्रस्ताव समेत पारित गरेको छ । संस्थाको बोनस पश्चात चुक्तापुँजी १३ कारोड ३१ लाख हुनेछ । 

यो लघुवित्तले यअसघ २०७६ चैत २२ गतेका लागि साधारणसभा डाके पनि कोभिड १९ महामारीका कारण स्थगन हुन पुगेको थियो । 

राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले ३४ वटा शाखा कार्यालयहरु मार्फत ३५,००० भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा तथा ग्राहक सदस्यहरुलाई स्वरोजगारका लागि लघुउद्यम तालिम प्रदान गर्दै महिला उद्ममशिलता विकासमा जोड दिंदै आएको छ । संस्थाले २०७७ असारसम्म ३३ करोड ४१ लाख निक्षेप परिचालन गर्नुका साथै १ अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ ।