काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले आउँदो चैत १८ गते सभा डाकेको हो। सभा मकवानपुरको थाहा नगरपालिकास्थित अध्याय रिट्रिट रिर्सोटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र ०.५३ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

संस्थाको चुक्तापुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले चैत १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २९ गतेसम्म कायम सेयरधनीहरुमा संस्थाले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।