काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको गत असोज २२ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश चुक्तापुँजी १० करोडको ४५ प्रतिशतले हुन आउने ४ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर रहेको छ। यसैगरी ५ प्रतिशतले हुन आउने ५० लाख रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने निर्णय सञ्चालक समितिले गरेको छ।