काठमाण्डौ । आगामी माघ १२ गते छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ ।

नेपाली युवा उद्यमी फोरमको सिग्नेचर कार्यक्रम यो वर्ष माघको दोश्रो हप्ता विगत चार वर्ष जस्तै यो वर्ष पनि लक्ष्मी बैंकको प्रायोजनमा आयोजना गरिने भएको छ । कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिदैँछ । त्यसैगरी कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तराष्ट्रिय श्रम संगठन रहेको छ जसले महिला उद्यमशिलतालाई प्रबद्र्धन गर्दै आएको छ । गतवर्षको सम्मेलनमा पनि करिब ३० प्रतिशत सहभागिता पुरुषको थियो र यो वर्ष पनि महिला पुरुष दुवैको सहभागिता रहनेछ ।

यो वर्ष ३०० भन्दा बढि सहभागीहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहने बताइएको छ । कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगायत विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिनेछ । कार्यक्रम माघ १२ गते लाजिम्पाटको र्याडिसन होटलमा आयोजना गरिनेछ ।

यस सम्मेलनको मुख्य दुई सत्रहरु हुनेछन्  पहिलो हुनेछ ः सीइकोनोमी यो शब्द सन् २०१७ मा प्रतिपादन गरिएको हो । महिला लक्षित बजारलाई प्रबद्र्धन गर्ने सोच सहित सीइकोनोमी  धारणाको सुरुवात भएको हो । विश्वको आर्थिक तथा विभिन्न क्षेत्रहरुमा जस्तै अनलाइन, हेल्थकेयर, आर्थिक सेवाहरु, इकमर्स तथा शिक्षाजस्ता क्षेत्रहरुमा महिला उपभोक्ताहरुको सहभागिता बढ्दै गइरहेको छ । साथै पराम्परागत हिसाबले पुरुषलक्षित बस्तुहरुको उत्पादनमा पनि महिलाहरुको सहभागिता बढ्दै गइरहेको छ । यी र यस्ता विषय संग सम्बन्धित विषयहरुमा यस शत्रमा छलफल हुनेछ । दोश्रो शत्र हनेछ ः इन्ट्रप्रिन्युरियल इको सिस्टम । यस सत्रमा विज्ञहरु र सरोकारवालाहरु बीच सम्बन्ध विस्तार गर्ने अवसर मिल्नेछ । साथै सम्मेलनमाविभिन्नउत्पादनहरुको स्टलहरु पनि राखिनेछ ।