काठमाण्डौ । भारतमा टीकटक स्टारको रुपमा चिनिने भारतीय जनता पार्टीकी एक नेतृले एक कर्मचारीलाई चप्पलले रामधुलाई गरिरहेको भिडियो भाइरल भएको छ । 

यो भिडियोमा भारतीय जनता पार्टीकी नेता सोनाली फोगाटले हिसारमा मार्केट कमिटीका एक सेक्रेटरीलाई यसरी रामधुलाई गरेकी हुन् । 

त्यहाँको खाद्यान्न बजारमै सोनालीले आफूमाथि गलत शब्द प्रयोग गरेको, जिस्क्याएको भन्दै ती व्यक्तिलाई चप्पलले हिर्काइरहेको दृश्य देखिएको छ । 

सोनाली फोगाटबाट बच्नका लागि ती व्यक्ति रुँदै आफूलाई बचाइरहेका भिडियोमा देखिन्छ, तर सोनालीले ती व्यक्तिमाथि लगातार चप्पल हानिरहेको दृश्य देखिएको छ । 

सोनालीले चप्पल बर्साइरहँदा त्यहाँ प्रहरी समेत तैनाथ थिए । कानून हातमा लिएर सबैका सामुन्ने चप्पल बर्साइरहँदा समेत सोनालीलाई प्रहरीले नरोकेको विषय भारतभर भाइर बनेको छ । 

यो भिडियोलाई लिएर भारतभर महिलामाथिको हिंसा, त्यस्ता हिंसामा महिलाले गर्नसक्ने सशक्त प्रतिकार, कानूनलाई हातमा लिएको जस्ता विषयहरुमा बहस छेडिएको छ । 

बाँकी भिडियोमा हेर्नुहोस्: