काठमाण्डौ । दुई लघुवित्त आपसमा मर्ज भई बनेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो मंसिर ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।
महुली लघुवित्तले नवकिरण लघुवित्तलाई गाभेको हो। दुवै लघ्ुवित्तको गत वैशाख १७ गते सम्पन्न विशेष साधारणसभाले आपसमा गाभ्ने/गाभिने प्रक्रियालाई टुंगो लगाएको थियो।
आज शुक्रबार बसेको दुवै लघुवित्तको सञ्चालक समितिको बैठकले मंसिर ८ गतेबाट महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको छ।
मर्जर प्रक्रिया र एकीकृत कारोबार सुरु गर्न नेपाल राष्ट्र बैंकले गत कात्तिक १९ गते नै स्वीकृति दिइसकेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले पनि गत कात्तिक २४ गते एकीकृत कारोबारका लागि स्वीकृति दिएको थियो।
12 minutes ago
37 minutes ago
44 minutes ago
58 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago