काठमाण्डौ । सप्तरी मुख्य कार्यालय रहेको महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । चालु  आर्थिक वर्षको पहिलो त्रैमासमा यो लघुवित्तले ७७ लाख ६४ हजार खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्प्नीले ७२ लाख ४९ हजार नाफा कमाएको थियो । 

समीक्षा अवधिमा महुलीले ३ करोड २८ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३ करोड १९ लाख थियो । अघिल्लो वर्ष १ करोड ६६ लाखमा सीमित ब्याज खर्च बढेर २ करोड ७१ लख पुुगेको छ । 

यो अवधिमा महुलीले संभावित जोखिम व्यवस्थापन कोषबाट १३ लाख ७० हजार राइट ब्याक गरेको छ । 

समीक्षा अवधिमा यो लघुवित्त बित्तीय संस्थाले ६२ करोड ५९ लाख निक्षेप संकलन गरी तथा ५२ करोड ७२ लाख सापटी लिई १ अर्ब २७ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्प्नीले ५० करोड ७२ लाख निक्षेप संकलन गरी तथा ४७ करोड ६४ लाख सापटी लिई १ अर्ब बढी कर्जा परिचालन गरेको थियो । 

यो कम्पनीको अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १० करोड २५ लाख रुपैयाँमा सीमित रिजर्ब कोष बढेर यो वर्ष १४ करोड २७ लाखको उचाईमा पुुगेको छ । 

महुली सामुदायिक लघुवित्तमा खराब कर्जा भने बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ०.४८ प्रतिशत रहेको यस्तो कर्जा बढेर यो वर्ष १.७४ प्रतिशत पुुगेको हो । ७.१२ प्रतिशतमा सीमित कस्ट अफ फण्ड बढेर ९.५९ प्रतिशत पुुगेको छ भने ३७.२५ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल घटेर २४.४६ प्रतिशतमा सीमित बन्न पुुगेको छ । 

समीक्षा अवधिमा महुलीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ७७ रुपैयाँ ६५ पैसा, प्रतिसेयर नेटवर्थ ५०६ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात ९०.५६ गुणा कायम भएको छ ।