काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ।

आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाको नाफा अघिल्लो वर्षको तुलनामा ३५५.१५ प्रतिशतले उकालो लागेको हो। समीक्षा अवधिमा संस्थाले ९ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको नाफा २ करोड १५ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा २९२.९३ प्रतिशतले बढेर १३ करोड ७० लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९ करोड ६ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी बढेर २३ करोड ७८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १७ करोड ६८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले १ अर्ब ५५ करोड रुपैयाँ सापटी लिई ३ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब ८ करोड रुपैयाँ सापटी लिई २ अर्ब ३३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार ६१.५१ प्रतिशतले बढेर २४ करोड ८० लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष संस्थाको रिजर्भमा १५ करोड ३५ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी २२ करोड ३९ लाख रुपैयाँ संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४३.७८ रुपैयाँ रहेको छ। पीई रेसियो ४९.७९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २१०.७५ रुपैयाँ रहेको छ।