काठमाण्डौ । नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशमा कैँची चलाएको छ। 

गत पुस २५ गते बसेको महुली लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९को वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २८ करोड २१ लाख ६८ हजार ४४० रुपैयाँको कुल २५ प्रतिशतले हुन आउने ७ करोड ५ लाख ४२ हजार ३६० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका थिए।

प्रस्तावित लाभांशसहितको वित्तीय विवरण स्वीकृतिका लागि संस्थाले राष्ट्र बैंकमा पेस गरेको थियो। 

राष्ट्र बैंकले भने चैत १० गते संस्थालाई पत्र पाउँदै चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने लाभांश (नगद र बोनससमेत गरी कर प्रयोजनार्थसमेत) ४ करोड २३ लाख २५ हजार ४१६ रुपैयाँसम्म आगामी साधारणसभाबाट स्वीकृतपछि मात्रै वितरण गर्न संस्थालाई निर्देशन दिएको छ।