काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको गत माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिकको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँको कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ३ करोड ७३ लाख २४ हजार रुपैयाँबराबरको बोनस सेयर र बाँकी १.०५ प्रतिशतले हुन आउने १९ करोड ५९ लाख ५१० रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।
20 minutes ago
32 minutes ago
48 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago